काठमाडौँ, १६ माघ । नेपाली काँग्रेसका नेताहरुले जुत्तामा पालिस लगाएर ‘राजनीतिक शुद्धीकरण’ अभियान थालेका छन् ।
कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले शहीद दिवसको अवसर पारेर आज नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेताहरुले जुत्तामा पालिस लगाएर उक्त अभियान प्राराम्भ गरेका हुन् ।
सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, विनोद भट्टराईलगायतले बाटो हिँड्ने (बटुवा) को जुत्तामा पालिस लगाएका थिए ।
काँग्रेस नेता भण्डारीले विभिन्न देशमा चिया बेच्ने व्यक्ति प्रधानमन्त्री भएको वर्तमान अवस्थामा नेपालमा श्रमको सम्मान नभएको भन्दै कृष्णप्रसाद भट्टराईको त्याग र आदर्शलाई पछ्याउन उक्त अभियान थालिएको जानकारी दिए ।
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)