इन्द्रेणी संवाददाता
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जुझारु युवा नेता निर्मल महरा एटमको पहलमा मोवाईल सेवा निर्देशनालयको टोलीले दाङमा सर्वे गरेको छ । उपयुक्त स्थानमा नेपाल टेलीकमको टावर राख्नको लागी विभन्न ठाउँको सर्वे गर्ने क्रममा टोलीले जिल्लाको तुलसीपुर उपमहानगरपालीका वडा नं. १९ मा आज सर्वे गरेको हो ।

Nirmal mahara atom

आज मोवाईल सेवा निर्देशनालय काठमाण्डौका प्रविधिक ईन्जिनियर राकेश गिरी र रमेश घिमिरेले वडा नं. १९ को छिल्लीकोट, सक्राम र स्यालापानीको विभिन्न ठाउँको सर्वे गरेको नेकपा माओवादी केन्द्रका वडा नं. १९ का अध्यक्ष दल वहादुर महतले जानकारी दिनु भएको छ ।

सर्वै गरीएका सबै ठाउँ मध्य छिल्लीकोटको कालीका मन्दिरको पश्चिम तिरको चुर्चुर्के डाँडा र सक्रामको अस्थाई सशत्र प्रहरी वेश क्याम्प वसेको स्थान देखी पुर्वतिरको डाँडा उपयुक्त रहेको प्राविधिक ईन्जिनियर रमेश घिमिरेले वताउनु भयो ।

सर्वे गरीएका स्थान मध्य उपयुक्त मानीयका ति दुई ठाउवाट वडा नं. १९ को पुरै भाग, अन्य वडाका केही भागमा मोवाईल टावरले काम गर्ने ईन्जिनियर राकेश गिरीले वताउनु जानकारी दिनु भएको छ । सर्वेमा वडा नं. १९ का वडा सदस्य केशर पुन, नेकपा एमालेका जिल्ला सदस्य डिल्ली पुन, माओवादी केन्द्रका वडा अध्यक्ष दल वहादुर महत, र सुरेन्द्र रोकाको सहभागीता रहेको थियो ।