तुलसीपुर १६ माघ । नेकपा माओवादी केन्द्रका नेता जगप्रसाद शर्मा‘अपार’ले देउवा सरकारले गरेका निर्णयहरुले राज्यलाई घाटा हुने वताएका छन् । माओवादी केन्द्र तुलसीपुर नगर कमिटीको बैठकका प्रमुख अतिथि अपारले देउवा सरकारले जालझेल गरेर अनैतिक निर्णय गरेको वताए ।
माओवादी केन्द्रका सचिबालय सदस्य अपारले कामचलाउ सरकारले गर्न नमिल्ने, राज्यलाई नोक्सान हुने निर्णय गरेको भन्दै यस्ता निर्णय सच्चाउनु पर्ने वताए ।‘ देउवा सरकारले जालझेल गरेर अलोकतान्त्रीक निर्णय गरेको छ’ अपारले भने ‘ कामचलाउ सरकारले गरेका यस्ता निर्णय कामचलाउमा मात्रै सिमित गर्नुपर्छ । ’ यस्ता निर्णय नसच्चाए देशले ठुलो नोक्सानी व्यहोर्ने उनको भनाई छ ।
उनले फागुणको पहिलो साता बाम गठबन्धनको नयाँ सरकार बन्ने र अबको नयाँ सरकारले कामचलाउ सरकारले गरेका यस्ता निर्णय उल्टाउने समेत वताए । माओवादी केन्द्र तुलसीपुर उपमहानगर अध्यक्ष राम बहादुर दहित ‘अञ्जान’को अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि अपारले माओवादी केन्द्र र एमालेबीच एकता हुने कुरामा कुनै शंका नगर्न आग्रह गरेका छन् ।











