दाङ । महिलाहरुलाई आय आर्जनका लागि सिप मुलक तालिमहरु सञ्चालन गरीएको छ । महिला हरु लाई सिप सिकाई व्यवसायीक तथा आर्यआर्जन मुखी गराउने उद्देश्यले तुलसीपुर– ५ का महिलाहरुलाई विभिन्न सिप मुलक तालिमहरु दिन सुरु गरिएको वडा अध्यक्ष विरेन्द्र शाहले जानकारी दिए ।

feature0सो वडाले महिलाहरुको वृहत भेला बोलाएर सिप सिक्न चाहने महिलाहरुको रुची अनुसार १४७ जना महिलाहरुलाई विभिन्न सिप मुलक तालिमहरु सञ्चालन गरेको जनाएको छ । वडाले रु आठ लाख वजेट छुटायर ४५ जना महिलाहरुलाई कम्प्यूटर तालिम, ३० जना महिलाहरुलाई हाते वुनाई ९वुटिक ० तालिम, ४२ जनालाई सिलाइकटाई र ३० जना महिलाहरुलाई छापा खाना सम्वन्धि तालिम दिन सुरु गरीएको वडा सदस्य शुरेस श्रेष्ठले बताए ।

यसैबीच महिलाहरुका लागि आयआर्जन तथा शिप विकाशका लागि हाते वुनाई ( वुटिक) तालिमको उद्घाटन गरिएको छ । कामना कटाई सिलाई टेनिङ्ग सेन्टर तुलसीपुरको आयोजना तथा वडा नं ५ को सहयोगमा सुरु भएको तालिममा ३० जना महिलाहरुको सहमागीता रहेको छ । सेन्टरकी सञ्चालक कल्पना शर्माको अध्यक्षता तथा वडा नं ५ का वडा अध्यक्ष विरेन्द्र शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यस्ता कार्यक्रमहरुले महिलाहरुलाई आय आर्जनमा सहयोग पुग्ने बताएका थिए ।

सो अवसरमा वडा अध्यक्ष शाहले आगामि दिनमा पनि यस्ता कार्याक्रमहरुलाई निरन्र्तता दिने बताएका थिए । वडा सदस्य सावित्रा गुरुङ्गको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण ध्रुव आचार्यले गरेका थिए ।