ritu khanal

बाटो मोडेर गयौ दोष के थियो र मेरो
एक्लै छोडेर गयौ दोष के थियो र मेरो ।।

बनाएर दोषी अनायासै म सङ्ग तिमिले
नाता तोडेर गयौ दोष के थियो र मेरो ।।

पिरतीको फूूल फकृएर फुल्नै लाग्दा
बृक्ष गोडेर गयौ दोष के थियो र मेरो ।।

ज्वलन्त प्रेम भावमा चुर्लुम्म डुबेर फेरि
बाध फोडेर गयौ दोष के थियो र मेरो ।।

मिठा सपना माथि निर्मम किला ठोकी
नकाब ओडेर गयौ दोष के थियो र मेरो ।।
दिएर मिठा अनुभव सङ्गालेर यादहरु
नाम जोडेर गयौ दोष के थियो र मेरो ।।

united montessori add