इन्द्रेणी संवाददाता
दाङ, १४ माघ । राष्ट्रियसभा चुनावमा प्रदेश नं. ५ बाट अपाङ्ग तथा अल्पसंख्यकको कोटामा उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवार राजकुमार कुवँरका विरुद्घ परेको उजुरी खारेज भएको छ । सोही कोटामा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका लुटबहादुर खत्रीले पेश गरेको दाबी विरोध उजुरी निर्वाचन कार्यालयले खारेज े गरेको हो ।
राष्ट्रियसभा ५ नम्बर निर्वाचन कार्यालयका निर्वाचन अधिकृत हेमन्त रावलले कुवँर विरुद्घको दावी विरोधमा खत्रीले पेश गरेको प्रमाण अपुग भएकाले कुँवरको उम्मेदवारी कायम राख्दै खत्रीको उजुरी खारेज गरिएको जानकारी दिए ।
खत्रीले कुवँरलाई यस अघि प्रदेशसभा चुनावको समानुपातिक तर्फ बन्द सूचीमा नाम समावेश गरेकाले निर्वाचन नियमावली अनुसार उम्मेदवार बन्न अयोग्य रहेकाले उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन कार्यालय दाङमा उजुरी दर्ता गराएका थिए ।











