काठमाडौँ, ११ माघ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले मिलन गुरुङ (चक्रे मिलन) लाई सफाइ दिएको छ ।
न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलाशले बुधवारगुरुङलाई सफाइ दिएको अदालतका श्रेष्तेदार विनकुमार श्रेष्ठले बताए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तर्फबाट सरकारी वकिलले वहस गरेर दुवै पक्षको सुनुवाइ सकिएपछि गुरुङलाई सफाइ दिने फैसला सुनाएको हो ।
अवैध रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले गुरुङसहित पाँच गुन्डा नाइकेको सम्पत्तिबारे अनुसन्धान गरी २०७० साल जेठ ५ गते रु सात करोड दुई लाखभन्दा बढी रकमको विगो राखी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।