इन्द्रेणी संवाददाता
दाङ । बिपन्न दलित परिवारलाई नेशनल लाईफ ईन्सुरेन्स मृत्यु १३ लाख रुपैयाँ प्रदान गरेको छ । घोराही उपमहानगरपालिका १२ निवासी हापुर रतनपुर निवासी विक्रम सार्कीको परिवारलाई मृत्यु दावी भुत्तानी बाफतको रकम प्रदान गरेको हो ।
बैदेशिक रोजगारको शिलसिलामा दुबै गएका सार्की गत महिना घर मात्र विदामा फर्किएका थिए । घर विदामा आएका बेला सेवार खेला नजिक भएको सडक दुर्घटनामा परि उनको मृत्यु भएको थियो । बैदेशिक रोजगार म्यादी जीवन विमा बाफतको मृत्यु दावी भुत्तानी बरावरको १३ लाख रुपैयाँ प्रदान गरेको नेशनल लाईफ ईन्सुरेन्स कम्पनी दाङ शाखाका प्रमुख मोहन पुरीले जानकारी दिए ।
मृतक विक्रमको घरमा एक कार्यक्रमको आयोजना गरी मृतक मृतककी श्रीमती पुजा सार्कीलाई १३ लाख बरावरको चेक कम्पनीका प्रमुख मोहन पुरीले हस्तान्तरण गरेका थिए । विक्रमले जीवन विमा बाफतको पहिलो किस्ता ३ हजार ९ सय २४ रुपैयाँ मात्र कम्पनीलाई भुत्तानी गरेका थिए ।
