इन्द्रेणी संवाददाता
कपिलवस्तु, १० माघ । जिल्लाको कपिलबस्तु नगरपालिका–१ छोट्की तौलिहवा निवासी ६५ वर्षीय रामसुभग बानियाँ गत माघ ५ गतेदेखि बेपत्ता भएका छन् । पारिवारिक स्रोतले जनाए अनुसार ती वृद्ध पाँच दिनदेखि बेपत्ता भएका छन् ।
फाइल तस्वीर
घरमा कसैलाई केही नभनी शुक्रबार मध्यान्न आफ्नै घरबाट निस्किनुभएका बानियाँ आजसम्म पनि घर नफर्केपछि आफन्तले सोमबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।