इन्द्रेणी संवाददाता
दाङ, १० माघ । दाङमा आज भएको सवारी दुर्घटनामा १५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमहीको सुन्डवरीमा रा १ प २०० नम्बरको जीप र विपरित दिशातर्फबाट आइरहेको रा १ प ९९१ नम्बरको टिप्पर आपसमा ठोकिदा १५ जना घाइते भएका हुन् ।
फोटो फाइल
घाइते हुनेहरुमा लमही २ का खगेश्वर चौधरी, लमही १ नर्ती लक्ष्मी रिजाल, सोही ठाउँका माया देवी चौधरी, लमहीकै रेगम चौधरी, पद्मा आचार्य, देवीका झाँक्री रहेका छन्
त्यस्तै सतवरियाका जीप जुदै चौधरी, राप्ती दिलबहादुर चौधरी, सोही ठाउँका अरवीन चौधरी, अनिल चौधरी, अनिस चौधरी, रौतहट कोदिया राजपुरका सनत कलवार , राप्ती गाउँपालिका ४ का सुदु चौधरी, प्रेमकुमारी चौधरी रहेको लमही प्रहरीले जनाएको छ । घाइतेहरुको लमहीमा प्रथामिक उपचार पछि थप उपचारका लागि वुटवल पठाइएको प्रहरीले जनाएको छ ।
