दाङ, १० माघ । पश्चिमी वायुको प्रभावले मुलुकभर मौसम बदली भएको छ। मौसम वदलीसँगै दाङ, काठमाडौंलगायतका क्षेत्रमा हिउदे वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार हिमाली भेगमा वाक्लो हिमपात भएको छ। वर्षासँगै चिसो बढेको छ।
यसैबीच डडेल्धुरा, मनांग, मुस्तांग, रसुवालगायतका हिमाली जिल्लामा हिमपात भएको छ। मनाङ, माघ १० गते । मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ ।
मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ । हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।