इन्द्रेणी संवाददाता

काठमाडौं , ९ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ का ८ सिटमा कांग्रेस र मधेस केन्द्रित दुई दलबीच तालेमल गर्ने सहमति भएको छ । वाम गठबन्धनसँग सहमति नभएपछि मधेसी गठबन्धनका नेताहरु कांग्रेससँग वार्ता गर्न बालुवाटार पुगेका थिए, जहाँ राष्ट्रियसभामा तालमेल गर्ने सहमति भएको छ । तालमेल पछि ८ सिट मध्ये तीन दलले २/२ सिट लिनेछन् ।