इन्द्रेणी संवाददाता

काठमाडौं– एमालेले पार्टीको तर्फबाट राष्ट्रियसभा निर्वाचनमा लड्ने २९ उम्मेदवारको टुंगो लगाएको छ । एमालेले ७ वटै प्रदेशबाट माओवादी केन्द्रसँग भएको तालमेल सहमतिअनुसार २९ उम्मेदवारको टुंगो लगाएको हो । एमालेले सोमबार १३ उम्मेदवारको टुंगो लगाएको थियो भने मंगलबार बाँकी १६ उम्मेदवारको टुंगो लगाएको हो ।

uml

यस्ता छन् एमाले उम्मेदवार :

प्रदेश नं १ 

नैनकला ओझा (महिला), मोरङ, खेम नेपाली ( दलित), मोरङ, हरिचरण सिवाकोटी (खुला), झापा, परशुमेघी गुरुङ (खुला), संखुवासभा, र अगम बान्तवा (अल्पसंख्यक), इलामलाई उम्मेदवार बनाएको छ ।

प्रदेश नं २ 

सुमन प्याकुरेल (खुला), सप्तरीलाई उम्मेदवार बनाउँदा

प्रदेश नं ३

पार्वती रावल (महिला), चितवन, उदया शर्मा ( महिला), काठमाडौ, सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक, वलराम बाँस्कोटा (खुला), काठमाडौं, बेदुराम भुसाल (खुला) ,काठमाडौं, र रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुरलाई उम्मेदवार बनाएको छ ।
यस्तै

प्रदेश नं ४ 

रामबहादुर थापा (अपांगता), स्याङ्जा, गणेश तिमिल्सिना (खुला), पर्वत, शान्ति अधिकारी (महिला), बाग्लुङ र दीपा गुरुङ (महिला), लमजुङलाई उम्मेदवार बनाएको छ ।

 प्रदेश नं ५ 

रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला), रुपन्देही, मीना बुढा (महिला), रोल्पा र . कोमल वली (महिला), दाङलाई उम्मेदवार बनाएको छ । 

प्रदेश नं ६ 

कविता बोगटी (महिला), हुम्ला, नन्दा शर्मा ( महिला), सुर्खेत, नरपति लोहार (दलित), कालिकोट, भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट, ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुमलाई उम्मेदवार बनाउँदम

प्रदेश नं ७ 

कमला ओली (महिला), कैलाली, इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर, . शेरबहादुर कुँवर (खुला), अछाम र चक्रप्रसाद स्नेही (दलित), डडेलधुरालाई उम्मेदवार बनाइएको छ ।