इन्द्रेणी संवाददाता
दाङ, ८ माघ । दाङको तुलसीपुरमा एक जनाले आफ्नै बाबुको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कृष्णमन्दिरका तेजबहादुर चौधरीले आफ्नै बाबु ५२ वर्षिय बाबुराम चौधरीको खुकुरी प्रहार गरेर हत्या गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

hateadafafआइतवार राति सामान्य घरायसी विवादका कारण तेजबाहादुरले बुबा बाबुराम चौधरीमाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले बताए ।

हत्यापछि चौधरीले घरकै घरकै भान्सा कोठामा झुण्डी आफैँ आत्महत्या गरेको जस्तो देखाएको पनि प्रहरीले जनाएको छ । हत्यामा संलग्न तेजबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।