काठमाडौं, ८ माघ । पूर्वडिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालको खोजी गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरेको हो ।

Nawaraj-Silwal-bबढुवाको लागि कार्य सम्पादन मुल्याङ्खकन फाइल किर्ते गरेको आरोपमा सर्वोच्च अदालतले उपस्थित हुन भने पनि सिलवाल फरार भएपछि नेपाल प्रहरीको सिफारिसमा १ सय ९२ देशका प्रहरी सदस्य रहेको इन्टरपोलमार्फत सिलवालको खोजी शुरु गरेको छ । सिलवाललाई पक्राउ गर्न नेपाल प्रहरीको टोलीले नेपाल भरी पनि खोजी तिव्र पारेको छ ।

गोप्य सूचनाको आधारमा प्रहरीले गोदावरीमा रहेको उनको घरमा र ललितपुरको भट्टेडाँडामा खाजे पनि नभेटिएपछि नेपाल प्रहरीले इन्टरपोलको सहयोग मागेको हो ।