इन्द्रेणी संवाददाता
सल्यान, ८ माघ । सल्यानको त्रिवेणी–६, भाटखोलामा वस खसेको छ । रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको यात्रुबहाक वस खसेको हो ।
दुर्घटनामा परी चार जनाको ज्यान गएको अनसमान गरिएको छ भने १२ जना गम्भीर घाइते भएका छन् । यसरी मृत्यु हुनेमा रुकुमकी पुष्पा खड्का केसी र सल्यान वागचौरकी छन्चरी विक रहेका छन् । अन्य दुई जनाको सनाखत भइसकेको नसकेको पत्रकार राजेश शर्माले जनाएका छन् ।
घटना स्थलमा उद्धारको कार्य भइरहेको छ । वसमा ३० जना सवार रहेको बताइएको छ । १२ जना गम्भीर घाइते भएको र अन्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको सल्यान र दाङका अस्पतालहरुमा उपचार भइरहेको छ ।
केही वर्ष पहिले पनि सो खोलामा ठूलो वस दुर्घटना भएको थियो । सो वस दुर्घटनामा ४२ जनाको ज्यान गएको थियो ।











