काठमाडौं, ८ माघ । आफ्नो भागमा परेको राष्ट्रिय सभा सदस्यहरुको टुङ्गो लगाउन एमाले स्थायी समितिको बैठक आज अपरान्ह वस्दैछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा स्थायी समिति बैठक बस्न लागेको हो।

uml४३ सिट जित्ने अपेक्षा गरेका वामगठबन्धनमा आवद्ध एमाले–माओवादी केन्द्रले क्रमशः २९ र १४ सिट बाँडफाँट गरेका छन्। एमालेको भागमा परेको तिनै २८ सिटमा कसकसलाई उम्मेदवार बनाउने भन्ने सम्बन्धमा आजको बैठकले निर्णय गर्ने बताइएको छ। आजको बैठकमा मुख्यमन्त्री चयनबारे पनि सामान्य छलफल हुने सम्भावना भएसम्म यसको पनि टुग्गो लगाउने बताइएको छ ।