इन्द्रेणी संवाददाता
दाङ, ८ असार
दाङमा मोटरसाइकलको ठक्करवाट एक जना गम्भिर घाइते हुनुभएको छ ।
घोराही नगरपालिका ४ स्थित बबी पेट्रोल पम्पनजिक रा ३ प ३२७ नं को मोटरसाइकलको ठक्करवाट सोही वडाका अन्दाजी ४० वर्षिय तुलाराम चौधरी घाइते हुनुभएको हो ।
घोराहीमा सामान्य उपचारपछि घाइते चौधरीलाइ थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।।
