इन्द्रेणी संवाददाता
काठमाडौं, ३ माघ । मन्त्रिपरिषद् बैठक आज वस्दैछ । बैठकले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ ।

Deuba bajeनिर्वाचन आयोगमा छलफल प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगमा माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका प्रक्रियाका बारेमा विविध पक्षमाथि जानकारी गराउन मंगलबार आयोजना गरिएको छलफलमा सहभागी पाँच राजनीतिक दलका नेताहरु ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार आज १० बजे बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी अस्थायी केन्द्र तोक्न लागेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने बताउँदै आए पनि सहमति जुट्न नसकेपछि यी दुवै निर्णय आफैँ गर्न लागेका हुन्।

यही निर्णय गर्न देउवाले आज नौ बजे मन्त्रिपरिषद् बैठक डाकेका हुन् । मं‍गलबार दिउँसो चार बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइए पनि अन्तिममा स्थगित भएको थियो ।