इन्द्रेणी संवाददाता
दाङ, २७ पुस । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १३ स्थित वराहक्षेत्र मावि वनगाउँले आज एक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
उपप्रधानमन्त्री कृष्णबहादुर महरा प्रदेश सभा सदस्य अम्मरबहादुर डाँगीलगायतका जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । सो अवसरमा विद्यालय परिसरमा बृक्षारोपन गरिएको थियो ।
विद्यालयले केही समय पहिलेदेखि एक व्यक्ति एक विरुवा अभियान समेत सञ्चालन गर्दै आएको छ ।












