सल्यान, २७ पुस । अदुवा खेतीमा परिचित सल्यान जिल्ला पछिल्लो समयमा सुन्तला खेतीमा पनि परिचित भएको छ । सल्यानमा यस वर्ष करीव ३३ करोडको सुन्तला उत्पादन भएको छ ।
कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा जिल्लामा ३३ करो ड ४ लाख ४० हजार बराबरको सुन्तला उत्पादन भएको छ । १ हजार २० हे क्टर क्षे त्रफलमा लगाइएको सुन्तलाको बो टबाट ७ हजार तीन सय ४४ मे ट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयले जानकारी दिएको छ । नयाँ युगबोधमा खबर छ – गतवर्षको भन्दा यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा बृद्धि भएको जिल्ला कृषि विकास कार्यालय सल्यानको भनाइ छ ।











