नेकपा माओवादी केन्द्रले अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणको विरोध गर्दै आक्रमणमा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली र पीडित परिवार प्रति श्रद्धाञ्जली अर्पणसहित घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
पार्टी प्रवक्ता पम्फा भुषालले एक विज्ञप्ती जारी गर्दै उक्त आक्रमणको कडा शब्दमा भत्सर्ना गरेकी छन् । विज्ञप्तीमा ने.क.पा.(माओवादी) केन्द्र पार्टी यस घटनाले स्तव्ध भएको र तालिवानद्वारा गरिएको उक्त आतंककारी घटनाको तीव्र निन्दा र भ्रत्र्सना गरीएको छ । साथै माओवादी केन्द्रले त्यहाँ रहेका अन्य नेपालीहरुको सुरक्षा व्यवस्था गर्न र घाइतेहरुको उचित उपचारको लागि पहल गर्न नेपाल सरकारसँग आग्रह समेत गरेको छ ।
काबुलमा सोमबार बिहान भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको थियो भने ५ नेपालीसहित ९ जना घाइते भएका थिए । जस मध्य १२ जनाको पहिचान भइसकेको छ ।