इन्द्रेणी संवाददाता
अछाम, २४ पुस । जिल्लाको तुर्माखाँद ३ मा भैरवस्थानमा एक युवतीको छाउगोठमै मृत्यु भएको छ । महिनाबारी भएपछी गत आइतबार साँझ छाउगोठमा सुतेकी २२ वर्षीया गौरी बुढा मृत अवस्थामा भेटिएको अछाम प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । महिनावारी भएको चौथो दिन राती युवतीको मृत्यु भएको अछाम प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।