इन्द्रेणी संवाददाता 

काठमाडौं २५ पुस । प्राध्यापक डा गोविन्द केसीलाई अदालतको अपहेलना मुद्दामा प्रहरीले पक्राउ गरेको छ । विभिन्न खालका म,आग राख्दै विभिन्न समयमा अनसन बस्दै आएका डाक्टर केसी लाई पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकु पुर्‍याएको एसपी रामदत्त जोशीले बताएका छन् ।

dr govinda kc

प्रहरीले पक्राउ पुर्जी थमाएपछि त्यसमा हस्ताक्षर गरेर डा केसी सजिलै प्रहरी कार्यालय जान तयार भए। पक्राउ गर्ने क्रममा उनले भने, ‘अदालतको फैसलालाई मान्दिनँ, तर तपाईंहरुको (प्रहरी)को कानुनी प्रक्रियालाई सम्मान गर्छु।’

उनलाई बा १ झ ७२६६ नम्बरको प्रहरी अस्पतालको एम्बुलेन्समा राखेर प्रहरी कार्यालय लगिएको हो। डा केसीलाई पक्राउ गर्न काठमाडौं परिसरका एसपी जोशीको कमाण्डमा ठूलो संख्यामा प्रहरी शिक्षण अस्पताल महाराजगञ्ज पुगेको थियो।