इन्द्रेणी संवाददाता
काठमाडौं, २४ पुस । सर्वोच्च अदालतले प्रा. डा. गोविन्द केसी पक्राउ गर्न पूर्जी जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई आदेश दिएको हो । डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेपछि उनि विरुद्ध अवहेलना मुद्दामा परेको थियो ।










