झापा, २४ पुस । झापामा एक जनाले प्रहरी हिरासतमा आत्महत्या गरेका छन् ।

kkkkगौरीगञ्ज गाउँपालिका–३ का ५१ वर्षीय हरिनारायण यादवले हिरासतभित्रै झुण्डिएर आत्महत्या गरेका हुन् । यादवलाई सार्वजनिक अपराध मुद्दामा विगत १८ दिनदेखि इलाका प्रहरी कार्यालय गौरीगञ्जको हिरासतमा राखिएको थियो ।

प्रहरी कार्यालयको शौचालयभित्र आफैँले ओढ्ने गम्छा च्यातेर पासो लगाइ यादवले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दवआइतबार बिहान ८ बजे शौचालयभित्र झुण्डिएको अवस्थामा भेटिएको थियो ।