एजेन्सी, २४ पुस । बीबीसी चिनियाँ सेवाकी सम्पादक क्यारी ग्रेसीले आफ्नो पदबाट राजीनामा दिएकी छन् । बीबीसीमा पुरुष कर्मचारीको तुलनामा महिला सहकर्मीलाई ५० प्रतिशतसम्म तलवमा विभेद गरिएको भन्दै उनले राजीनामा दिएकी हुन् ।

gresiग्रेसीले एक खुला पत्रमा बीबीसी कर्पोरेशन भित्र ‘गोप्य र गैरकानुनी तलव संरचना’ रहेको खुलासा गरेकी छन् । डेढ लाख बेलायती पाउण्डभन्दा धेरै तलब पाउने कर्मचारीमा दुई तिहाई पुरुष भएको जानकारी पाएपछि बीबीसीमाथिको विश्वासमा संकट आएको उनले बताइन् ।

तीन वर्ष बीबीसीमा काम गरेकी ग्रेसीले आफ्नो खुलापत्रमा तलब बृद्धि नभई जिम्मेवारीका आधारमा बराबरी चाहिएको बताएकी छन् । बीबीसीले भने महिला कर्मचारीहरुमाथि कुनै भेदभाव नभएको दाबी गरेको छ ।