इन्द्रेणी संवाददाता
माओवादी केन्द्रका अध्यक्ष तथा वाम गठबन्धनका प्रमुख नेता पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट फर्केर सिधै केपी ओली निवास बालकोटमा पुगेका छन् ।
भोलि एमाले स्थायी कमिटीको पनि बैठक बसेर पार्टी एकता गर्नका लागि महत्वपूर्ण निर्णय गर्ने भन्दै उक्त बैठकले गर्ने निर्णय लाई उचित सल्लाह दिन र भोली नै बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा साझा धारणा बनाउन प्रचण्ड ओली निवास बालकोट पुगेको श्रोतले जनाएको छ ।










