निवर्तमान सांसद डा. बाबुराम पोखरेलको आज निधन भएको छ । मुटुरोगबाट पीडित डा. पोखरेल आज बिहान ६ः०० बजे शौचालयमा लडेपछि उनलाई उपचारका लागि बिहान ७ः१५ बजे नर्भिक अस्पताल पु¥याउँदा निधन भइसकेको अस्पतालले जनाएको छ ।
प्याब्सनका पूर्वअध्यक्ष ६७ वर्षीय डा. पोखरेलले मुटुको शल्यक्रिया गरी उपचार गराइरहनुभएको प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले जानकारी दिए। विनायक सुधा (भिएस) निकेतनका संस्थापक रहेका डा. पोखरेल विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् थिए नयाँ पत्रिकामा खबर छ











