इन्द्रेणी संवददाता
दाङ, असार ६ ।
राप्तीअंचलको सर्वाधिक लोकप्रियगायन प्रतियोगिता हिरो अफ भ्वाइस ४ को असार ११ गते घोराहीमा हुनलागेको फाइनल कार्यक्रमको स्थानीयएफएम रेडियो र टेलिभिजन च्यानलहरुबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ ।Hiroofvoice4

रेडियो मध्यपश्चिम ९१।४ मेघाहर्ज, रेडियो हाइवे १०३।५ मेघाहर्ज र रेडियो र रेडियो संजीवनीबाट अपरान्ह १२ बजेदेखि फाइनलकार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने आयोजक संस्थाउत्सर्ग फिल्मस् नेपालकाप्रबन्धनिर्देशक केएल पीडित बताउनु भयो ।

साथै एओन टेलिभिजनलगायतअन्य च्यानलहरुबाट पनिकार्यक्रमको प्रसारण गरिने भएको छ । गत जेठ १ गतेदेखि प्रारम्भ भएको हिरो अफभ्वाइस ४ को घोराही, लमही र तुलसीपरमा अडिसन लिइएको थियो । प्रतियोगितामाकरिब ढाइ सय नवप्रतिभाहरुले भागलिएकाथिए । असार ११ गते उपाधीकालागि २० जनाले प्रतिष्पर्धा गर्दैछन् । उपाधीविजेतालाई रु। २५ हजार नगद र २५ हजार बराबरको गीत रेकर्डिङ गरी रु। ५० हजार बराबरको पुरस्कारको व्यवस्थागरिएको छ ।
साथै उत्कृष्ट ३ जनालाई गीत रेकर्डिङको अवसर प्रदानगरिने भएको छ । गीतसंगीतको विकास एवं प्रवद्र्धनमा टेवा पु¥याउने, गायनविधाकानवप्रतिभाहरुको खोजीएवं पहिचान गरी उनीहरुको प्रतिभाविकासमा सहयोग पु¥याउने, राप्ती क्षेत्रमा सांगीतिकवातावरण निर्माण गर्ने तथानवयुवाहरुलाई गीतसंगीतको माध्यमबाट सिर्जनात्मककार्यमाउत्प्रेरित गर्ने उद्देश्य सहितविगत ४ वर्षदेखि राप्तीअंचलस्तरीय गायनप्रतियोगिताको रुपमा हिरो अफभ्वाइस संचालनहुँदै आएको छ ।।