इन्द्रेणी संवाददाता
त्रिपुर, ६ असार
दाङको त्रिपुर नगरपालिकाले अव बिहान ९ बजे देखि वेलकुी ६ बजे सम्म सेवा दिन थालेको छ । आर्थिक वर्ष सकिने वेला कार्यालयमा काम र सेवाग्राहीको चाप वढेका कारण सहज रुपले सेवा दिन कार्यालय समय वढाइएको हो ।

tripurसेवा ग्राहीको यहि चापलाइ मध्येनजर गर्दै त्रिपुर नगरपालिकाले आजबाट बिहान ९ बजे देखि साझ ६ बजे सम्म नगरपालिकाबाट प्राप्त हुने सम्पुर्ण सेवा दिन सुरु गरेको जनाएको छ ।

आज देखि नगरपालिकावाट प्राप्त हुने सम्पुर्ण सेवाहरु त्रिपुरबासीले बिहान ९ बजेबाट नै प्राप्त गर्ने र साझ ६ बजे सम्म पनि सेवा पाउने नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापा मगरले बताउनु भयो ।

कार्यालयबाट सेवा प्रदान गर्ने समय बिहान १० देखि ५ बजे सम्मन भएपनि सेवा ग्राहिको सहजताको लागी दूई घण्टा समय थप गरेको वताउनुभयो । असारको महिना भएकाले विकास निर्माणका काम बढि हुने र जनताको अन्य काम प्रभावित हुने भएकाले पनि २ घण्टा समय थप गरिएको हो ।।