केशरमान बुढाथोकी
काठमाडौं, २० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश राजधानी, प्रदेश प्रमुख तोक्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषयमा सहमती जनाउन सबै दलका शिर्ष नेताहरुलाई आग्रह गरेका थिए ।

बैठकमा उपस्थित सबै दलका नेताहरुले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषय सरकारको भएको भन्दै ति काम छिटो गर्न सुझाव दिएको माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महराले इन्द्रेणी अनलाइनलाई जानकारी दिए ।
यसै गरि आजको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोक्न पनि सरकारलाई दलका नेताहरुले सुझाव दिएका थिए । बालुवाटारमा सौहार्दपूर्ण बाताबरणमा सम्पन्न सर्वदलीय बैठकमा सहमति जुटिसकेपछि सरकारले आज बस्ने मन्त्रिपरिषद बैठकबाट यी तीनवटै विषयमा निर्णय गर्ने तयारी गरेको छ ।











