इन्द्रेणी संवाददाता

दाङ ,२० पौष । प्रायः पठनपाठनमा व्यस्त भइरहने राप्ती गाउँपालिका स्थित सर्वोदय उच्च माध्यमिक विद्यालयको प्राँगणको दृश्य मंगलबार फरक देखियो । मञ्चमा आसिन नेता तथा , शिक्षक लगायत स्थानीय समाजसेवी र मञ्चको अघिल्तीर लाइनमा बसेका विद्यार्थी छातीमा हाथ राखेर एउटै स्वरमा प्रतिबद्धता जनाईरहेका थिए – ज्यानलाई जोखिममा पार्ने लागुदार्थ कहिल्यै छुने छैनौं । स्वास्थय शिक्षा—सचेतना सामुदायीक संस्था द्धारा आयोजित लागुपदार्थ दुव्र्यसन विरुद्धको सचेतना कार्यक्रममा नेता , शिक्षक र विद्यार्थीले संयुक्त रुपमा लागुपदार्थ दुव्र्यसन बाट टाढा रहने प्रतिबद्धता जनाएका हुन ।

IMG_20180102_152844

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा ५ नम्बर प्रदेश सभाका सदस्य इन्द्रजित थारुले युवा पुस्तामा लागुपदार्थ दुव्र्यसनको जोखिम बढेको भन्दै प्रदेश स्तरमा कानुन नै बनाएर यसको विक्री वितरण तथा प्रयोगमा नियन्त्रण गर्नुपननेै बताउनुभयो । रक्सी ,चुरोट,गाँजा जस्ता लागुपदार्थलाई नेपालका केही जाती ,धर्म तथा संस्कारमै समेटेर सत्कार गर्ने परम्परा अझै नहटिसकेको भन्दै उहाँले ज्यानलाई जोखिममा पार्ने यस्ता संस्कारहरुलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । कुलतमा फसिसकेपछि निस्कीन गाह्रो हुने बताउदै उहाँले विद्यालयको पाठ्क्रममा लागुपदार्थ दुव्र्यसन विरुद्धको शैक्षिक पाठयक्रम बनाएर सचेतना जगाउनुपर्ने उहाँको भनाई थियो ।

IMG_20180102_152902

कार्यक्रममा लागुपदार्थ दुव्र्यसन विरmद्ध अभियान सञ्चालन गर्दै आएको नार्कोनन नेपालका ५ नम्बर प्रदेश संयोजक बसन्त पुनले लागु पदार्थको परिभाषा , यसको दव्र्यसनमा पर्ने सम्भावना र तरिका , यसका असर र छुट्कारा पाउने उपायबारे प्रशिक्षण दिनुभएको थियो । सो क्रममा उहाँले नेपालमा अझै पनि लागुपदार्थ के हो भन्ने बारेमा नै अन्योलता रहेको भन्दे सर्वप्रथम त कुन कुन कुरालाई लागुपदार्थ मान्निछ भन्ने कुरामा सचेत रहनुपर्ने बताउनुभयो ।‘ नेपालमा अझै पनि चरेस ,गाँजा , अफिम ,ब्राउन सुगर जस्ता अति जोखिमका ड्रग्सहरुलाई मात्र लागुपदार्थ मान्न चलन छ । ’ उहाँले भन्नुभयो ‘ तर रक्सी ,चुरोट ,सुर्ती पनि लागुपदार्थ नै हुन । खाएपछि लाग्ने पदार्थ सबैलाई लागुपदार्थ नै मानिन्छ ।’ लागुपदार्थको दुव्र्यसनबाट बच्न सबैभन्दा पहिले आफै सचेत हुन आवश्यक रहेको पुनले बताउनुभयो । ‘ फलानाको संगतले मेरो सन्तान बिग्रियो भन्ने चलन हाम्रो समाजमा छ ।

तर यो कसैले जबरजस्ती खुवाउन सक्ने कुरा हैन । व्यक्ति आफनो इच्छाले लागुपदार्थको कुलतमा फस्ने गर्दछ । यसर्थ यसबाट बच्न पनि आफै सचेत हुन आवश्यक छ । कार्यक्रममा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाका लागि समानुपातिक तर्फकी उम्मेदवार गंगा चौधरी पनि बोल्नुभएको थियो । आयोजक संस्थाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन सचिव गरिबु चौधरीले गर्नुभएको थियो भने उपाध्यक्ष प्रकाश शाहिले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।