इन्द्रेणी संवाददाता
गैडाकोट २० पुस । पुर्व पश्चिम राजमार्ग अन्तरर्गत पर्ने गैडाकोटको झरही खोलामा सवारी दुर्घटना हुदा आज एक जनाको मृत्यु भएको छ । गैडकोट नगरापलिका १५ को झरही खोला नजिककै पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना २७ प ७३९३ नम्वरको स्कुटरमा सवार देवचुली नगरपालिका १४ बस्ने २३ वर्षीका मुकेश सापकोटाको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
पश्चिमबाट पुर्व तर्फ जादै गरेका ना ६ ख ४२७० नम्वरको ट्रक र सोही दिसा तर्फ जादै गरेको को २१ प २९२३ नम्वरको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ । टक्र वा मोटरसाइकल कस्ले ठक्कर दिएको खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
