घोराही, १८ पुस । शान्तिका लागि युवाहरुको सृजनशिल नेतृत्वका बिषयमा दाङका युवाहरुसँग छलफल सुरु भएको छ । युवा कार्य नेपालको आयोजनामा घोराहीमा चारदिने शान्ति कार्यशालाका बिषयमा छलफल सुरु भएको हो ।
दुई दर्जन युवाहरुको सहभागितामा शान्ति कायम गर्नका लागि युवाहरुको सृजनशिल नेतृत्व हुनुपर्नेमा छलफल केन्द्रित रहेको छ । शान्ति स्थापनार्थ युवाहरुको भुमिका, नेतृत्व, समन्वय, सहजिकरण र जागरणका बिषयमा छलफल थालिएको हो । चार दिन सम्म चल्ने कार्यशालामा पहिलो दिन सोमबार युवा कार्य नेपालका अध्यक्ष लक्ष्मी निरौलाले प्रशिक्षण दिए ।
शान्ति कार्यशालामा राजनितिक दल, विद्यार्थी, पत्रकार, व्यवसायी, मुक्तकमलरी, अपांगता भएकाहरु, पत्रकार लगाएतका दुई दर्जन युवाहरुको सहभागिता रहेको छ ।











