गोविन्द खड्का
घोराही, १८ पुस । गत वर्ष दाङको घोराही १८ खरकर्टिका अमृत राणाको घडेरी बैंकमा धितो राख्ने सहमति भयो । मुयांकनको लागि बैकको प्राविधिक टोलि मोटरसाईकलमा त्यहाँ पुग्योे । टोलीले बाटो नभएको रिपोर्टदियो, कारोवार रोकियो ।

news phकरीव चार हातको वाटो थियो । अटो तथा टेम्पोहरु सजिलै गुड्थे । टेक्टरहरु एकसरो हिड्थे । बस पुगेका थिएनन् । केहि ठाउ“मा मुश्किलले टिप्पर पुगेका थिए । बाटोको दुवै किनारामा रुखहरु थिए । विजुलीका तारहरु हरिया रुखका झाडी भित्र हुन्थे । जसले गर्दा घरका बत्तीहरु मधुरा बल्थे । ‘तपाईहरु रुख काट्नु हुने थिइन । बिजुलीका तार जम्मै झाडीमा थिए’ दिदि वहिनी टोलका अध्यक्ष घनबहादुर रावतले भने, ‘अहिले त खुला पनि भयो, ठुलै विकास गरेको देखियो ।’ उनले भने जस्तै उपमहानगरपालिकाको टोल भनेर विश्वास गर्न लाएक थिएन ।
लामो प्रयास पछि बाटो बनेको छ ।

त्यसका लागि बाटोका दुवै किनाराका जग्गा धनीले आवश्यक वारी काटेर बाटोमा मिसाएका छन् । स्थानीय भिमबहादुर पुनका अनुसार नापेर बराबरी दुवैतिर काटिएको छ । घरको पेटि सम्म काटिदा केहिले मन दुखाएपनि सबैले वाटो बनाउन सहमति जनाए । आफ्नो जोगाउने अरुको धेरै काट्न खोज्ने पनि कोही नहुँदा सजिलो भएको बलबहादुर खत्रीको भनाई छ । योजना पर्ने वित्तीकै स्थानीयले आफ्ना रुख विरुवा काटेर व्यवस्थापन गरे । जमिन पनि दिए । रुख विरुवा हटाएर डोजरलाई कम खर्च लाग्ने बनाए ।

अब ठूला बसहरु चल्न सक्ने बाटो बनेको छ । टोल विकास संस्थाका उपाध्यक्ष आइते घर्तीका अनुसार तिन वटा विद्युतका पोलसार्ने हो भने सजिलो हुने छ । त्यसका लागि आवश्यक आर्थिक एवं प्राविधिक सहयोगका लागि टोल विकास संस्थाले वडाकार्यालयमा अनुरोध गर्ने भएको छ । उनका अनुसार तत्काल बाटो ग्रावेल नगरे धुलो उडेर सताउने, पानी प¥यो भने चिर्ने र गाडीहरु भाषिने खतरा छ । त्यस बाहेक बाटो खुल्ने वित्तीकै जग्गा दलालहरुको चहल पहल शुरु भएको छ । करिब दश लाख रुपैया को कारोबार हुदै आएका जमिन भर्खरै १५ लाख पुगेका छन् । बाटो छैन, झाडी छ भनेर मन नपराउनेहरु बाटो खुलेपछि चुकचुकाउने भएका छन् । अलि अघि किनेको भए हुने रहेछ भनेर पछुताउने बढ्दै गएका छन् ।

केही दिनभित्रै हिसाव किताव १८ नम्बर वडा कार्यालयमा बुझाएर थप विकासको प्रयासमा लाग्ने सचिव दिनेश वलीले जानकारी दिनुभयो । उहा“ले अब स्कुल बस, घोराही उपमहानगरपालिकाको सरसफाइ गाडी, माहुरी पालकहरुका ट्रकहरु भित्रयाई चरण क्षेत्र दिने जस्ता सुविधा हुने बताए । आउदो वर्षको सिजनमा माहुरी चर्न दिएर मात्रै कमाई गर्न सकिने बाटो खुलेको बताए ।

एक दिन झारा लगाए बस्ती भरिका पानीखानी उपभोक्ताबाट पाइप निकाली डोजरबाट बचाएका थिए । घोराही खानेपानी का पलम्बर शेरबहादुर केसीको टोलीले दिनभरी लगाई पाइप जोडेको छ । कोदालो, गैतिले खनेर उकास्दा केहि ठाउ“ कोपिएको, घरमा जोड्दाकोे कनेकसनमा काट्नु जस्ता मात्रै समस्या छन् । थोरै क्षेति भएकोले घोराही खानेपानीसँग अनुरोध गर्ने वलीले जानकारी दिए ।

घोराही १८ का अध्यक्ष भरतमणि अर्याललाई अबस्थाको जानकारी गराई अनुगमनका लागि आग्रह गर्ने वलीको भनाई छ । समयमै सम्झौता गरेर काम अघि बढाएकोमा वडा कार्यालयप्रति टोलवासीले खुशी व्यक्त गरेका छन् । जमिन काटेर बाटोलाई दिएकोमा कसैले पनि दुःख मनाउन गरेका छैनन् । सबैले विकास भयो भन्ने गरेका छन् ।