गजलकार शशि शर्मा मजगैंयाको नयाँ गजलको भिडियो सार्वजनिक भएको छ । चर्चित सङ्गीतकार गोविन्द मधुर आचार्यको सङ्गीत र उनकै स्वरमा रहेको “तिमि फुल्दै जानू प्रिया म त अब झर्छु होला” बोलको गजलको भिडियो आवाज इन्टरनेशनल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

26197222_1666032313460101_1509767142_n

दाङका निर्देशक सौरभ वलीले कतारको भिभिन्न ठाउँहरुमा एक्सन कट गरेका छन् । राजेन्द्र कुमार थापाको छायांकनमा सल्यानका सरोज बोहरा ,मोरङका भिम अधिकारी र दाङकी सपना वेल्वासेले अभिनय गरेका छन् । भिडियोमा कतारको दोहा लगायत विभिन्न रमणीय स्थानहरुको सुन्दर दृश्य कैद गर्दै धेरै मेहनतका साथ भिडियो बनाएको निर्देशक वलीले बताए ।

https://www.youtube.com/watch?v=-DFs9SWBAnU