गोरखा, १६ पुस। गोरखामा एकजनाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । भीमसेन गाउँपालिका ८ बोर्लाङकी हिरादेवी श्रेष्ठले पिर्काले हानेर आफ्नै श्रीमान केयरमान श्रेष्ठको हत्या गरेकी हुन् ।
शनिबार साँझ घरमै पिर्का प्रहार गरी ६७ वर्षीय केयरमानको हत्या गरेलगत्तै उनी प्रहरी चौकीमा आत्मसमर्पण गर्न पुगेकी थिइन् । प्रहरीका अनुसार श्रीमानसँग भएको घर झगडामा पिर्का प्रहार गरेको र पिर्काले लागेर श्रीमानको ज्यान गएको हिरादेवीले स्वीकारेकी छन् ।