इन्द्रेणी संवाददाता
दाङ, १६ पुस । दाङको घोराहीबाट प्रकाशन हुँदै आएको गणतन्त्र राष्ट्रिय दैनिक एघारौं वर्षमा प्रवेश गरेको छ । पत्रिकाले आज दाङको घोराहीमा भव्य कार्यक्रमको आयोजना गरी आफ्नो एघारौं वार्षिकोत्सव मनाएको छ ।

gnnnnकार्यक्रमको उद्घाटन एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सभाका सदस्य शंकर पोख्रेलले गरे । पत्रिकाका प्रकाशक तथा सम्पादक सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा पत्रिकालाई सहयोग गर्नेहरुलाई पुरस्कृत एवं सम्मान गरिएको थियो । त्यस्तै विभिन्न विद्यालयमा अध्ययनरत अपाङगता भएका विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरिनुका साथै सडक बालकालिकालाई पनि सहयोग प्रदान गरिएको थियो ।

afafafकार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, कार्यालयका प्रमुख तथा प्रतिनिधि, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभाका सदस्यहरुलगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यस पत्रिकाले २०६४ पुस १६ गतेबाट नियमित प्रकाशन थालेको थियो ।