इन्द्रेणी संवाददाता

रुकुम, १६ पुस । अब रुकुमको सदरमुकाम सल्ले विमानस्थलमा साताको चार दिन हवाई उडान हुने भएको छ । यात्रुहरुको चापलाई ध्यान दिंदै नेपाल वायु सेवा निगमले उडान थप गरेको हो ।

rukumयस अघि हप्ताको दुई दिन आइतवार र सोमवारमात्र हवाई उडान गर्दै आएको निगमले पुस १७ गतेदेखि हप्तामा ४ दिन (बुधवार र विहीवार) पनि हवाई सेवा गर्ने छ ।

यसअघि निगमले आइतवार काठमाडौं–सल्ले–नेपालगञ्ज र सोमवार नेपालगञ्ज–रुकुम–काठमाडौं उडान गर्दै आएको थियो । अब उडान थप भएसँगै बुधवार काठमाडौं–सल्ले–नेपालगञ्ज र बिहीवार नेपालगञ्ज–रुकुम–काठमाडौं उडान भर्ने निगमका सल्ले स्टेशन प्रमुख अम्मरदिप राईले जानकारी दिए । यात्रुको चाप बढेपछि हवाई उडान थप गरिएको राईले बताए । उडान थप भएसँगै रुकुमबाट काठमाडौं र नेपालगञ्ज पुग्न सहज हुनेछ ।