इन्द्रेणी संवाददाता
दाङ, १६ पुस । त्रिभुवननगर जेसीजको अध्यक्षमा लालमणि भण्डारी चयन भएका छन् । शनिवार सम्पन्न निर्वाचनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उनले ६५ मत प्राप्त गरेको र उनका निकटतम प्रतिद्धन्दी विवेक आचार्यले ३१ मत ल्याएका थिए । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा मिनराज भाट र माधवप्रसाद पौडेल जिवयी भएका छन् भने उपाध्यक्षमा श्रीधर जिसी, यज्ञबहादुर खड्का, प्रदिप सुवेदी र रोशन दाहाल विजयी भएको निर्वाचन समितिले जनाएको छ । सचिव टंकबहादुर रावत ‘अनन्त’ विजयी भएका छन् । कुल १ सय १ मतमा ९६ मत खसेको बताइएको छ ।
