इन्द्रेणी संवादाता
दाङ, ६ असार
घोराही–मुर्कुटी–प्युठान सडकमा देखिएको समस्या समाधानकालागि स्थानियले कार्ययोजना बनाउनेभएका छन् ।
हर्नोकमा बसेको सरोकारवालाहरुको भेलाले भक्तबहादुर ओलीको संयोजकत्वमा २५ सदस्यिय समिति गठन गरेको छ ।
दाङ–प्युठान मोटर बाटो निमार्ण मर्मत उपभोक्ता समितिको आयोजनामा भएको भेलाले पर्यावरणिय समस्या समाधानका उपाय निकाल्न समितिलाई अधिकार दिईएको छ । घोराही सिमेन्ट उद्योग गोग्लीका टिप्परहरुले हिउँदमा धुलो र बर्षामा हिलोमात्रै दिएको उपभोत्रक्ताले गुनासो गरेका छन् ।
उक्त गुनासोलाई सम्बोधन गर्न समन्वयकालागि लोहारपानी, स्युजा, काभ्रे, लक्ष्मीपुर र रामपुरका सरोकारवालाहरुको प्रतिनिधित्व गराईएको समितिले जनाएको छ ।।