इन्द्रेणी संवाददाता
दाङ, ६ असार
जिल्ला वन कार्यालय दाङले जिल्लाका बाढि पिडित तथा अग्निपिडित परिवारकालागि काठ दिन थालेको छ । प्राकृतिक बिपतिबाट पिडित परिवारलाई घरनिमार्णमा सहयोग पु¥याउने उद्देश्यले वन कार्यालयले काठ प्रदान गर्न थालेको जिल्ला वन कार्यालयले जनाएको छ । kath

२०७१ सालको साउन महिनामा बबई नदिमा आएको बाढीका कारण घरबार गुमाउन पुगेका डुरुवा, पुरन्धारा गाबिस र तत्कालिन उरहरी गाबिसका बाढि पीडितलाई घरनिर्माणकालागि काठ सहयोग गर्न लागिएको हो ।

बाढी पिडित परिवारसँगै जिल्लाका बिभिन्न स्थानहरुमा आगलागिका कारण घरबार गुमाउन पुगेका देउखुरिका अग्नी पिडित परिवारलाई समेत काठ बितरण गरिने जिल्ला वन अधिकृत नवराज काफ्लेले जानकारी दिनुभयो । जस अन्तर्गत पहिलो चरणमा दाङका २४ परिवारलाई २५ क्युफिटका दरले काठ बितरण गरेको सहायक बन अधिकृत धरणिधर चौधरीले जानकारी दिनुभयो ।।