इन्द्रेणी संवाददाता
झापा १६ पुस । भाइ संग मोटरसाइकिल सवार एक महिलालाई प्रहरीले नग्न अवस्थामा उद्धार गरेको छ । मोटरसाइकल सवार ती महिला लाई भाई संग चुम्बन गर्न लगाएर भिडियो बनाउने अनि एक लाख रुपैयाँ नदिए भिडियो सार्वजनिक गरिदिने धम्की दिइरहेका २ अपराधी पक्राउ परेका हुन् ।

kiss

यस्तो थियो घटना
प्रहरीका अनुसार इलामकी ३५ वर्षीया ‘फ कुमारी’ (परिवर्तित नाम) मितभाइसँग मोटरसाइकलमा बिर्तामोड आएकी थिइन् । यही क्रममा झापाको अर्जुनधारा नगरपालिका ११ स्थित गिरीबन्धु चियाबगानमा पुगेपछि उनीहरुलाई तीनजनाको समूहले खुकुरी देखाएर रोक्यो ।

सालबाडीका विजयबहादुर राना र नविन डाँगीसहितको समूहले दिदीभाइलाई जबरजस्ती चुम्बन गर्न लगाए र त्यसको फोटो खिचे । यो समूहले कपडा खोलेर नाङ्गो बनाएको र पटक-पटक करणीको प्रयास गरेको पीडितले बताएकी छन् ।

उनीहरुले युवतीलाई नग्न पारेको भिडियोसमेत बनाएका थिए । उनीहरुले एक लाख मागेको र नदिए भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिएको पीडितको भनाइ छ ।

तर, पीडित दिदीभाइले १० हजार मात्रै छ, त्यो पनि बैंकबाट निकाल्नुपर्छ भनेपछि विजय र नविनको समूहले मोटरसाइकलको साँचो खोसेर महिलालाई चियाबारीभित्र लगेर राखे । पीडिकमध्येका एकजना पीडितका भाइलाई लिएर पैसा निकाल्न बैंकतिर लागे ।

त्यही क्रममा पीडितका भाइ भागेर प्रहरी कहाँ पुगे । प्रहरी टोलीले घटनास्थल पुगेर चियाबारीभित्रबाट नाङ्गो अवस्थामा महिलाको उद्दार गरेको अनलाइनखबरमा खबर छ  । प्रहरीका अनुसार यो समूहले उनीहरुको साथमा रहेको १२ हजार २०० लिएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।