
सताउनुको सिमा हुन्छ यो त,अति भयो।
छैन भेटघाट अचेल खै कति,कति भयो।
पाएरनि चाल तिमिले नपाए झैँ गरिदिँदा
हारेको जुवा जीवन बिग्रिको, मति भयो।
के थियो कारण यो सम्बन्ध चिसिनुको
थेग्नै गाह्रो प्रसब पीडा भए, जति भयो।
धेरै कुरा सिकाइ गयौ थोरै समयमा
त्यहि सिकाइ मेरो लागि, सम्पत्ती भयो।
जल्यो मन खरानी छैन प्रमाण देखाउन
आधा जिन्दगी यो कछुवाको,गति भयो











