दाङ १५ पुस । राष्ट्रिय जनमोर्चा निर्वाचन क्षेत्र नम्बर २ ले गत मंसिर २१ गते सम्पन्न निर्वाचन को समिक्षा भेला तथा खर्च विवरण सार्बजनिक गरेको छ । भेलाले साम दाम दन्ड भेद प्रयोग गरेर पैसा खर्च गरेर सरकारी सुबिधा प्रयोग गरेर झुटा आस्वासन बाडेर जनताको बिचमा भ्रमको राजनीति गरिरहेको बेला स्वाभिमान र स्वाधीनताको पक्षमा जुन मत प्राप्त भएको छ ,त्यो नै ठूलो सफलता भएको समिक्षा गर्यो ।

received_1497201093729556

प्रचार प्रसार समिती का सयोजक राम बहादुर घर्ती को अध्यक्षतामा भएको कार्यक्रम लाइ सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा का पुर्ब केन्द्रिय सल्लाहकार सुरेश थापा ले यो पुजीवादी ब्यबस्थामा हुने निर्वाचन को माध्यमबाट जनताका समस्याको समाधान हुन सक्दैन हामिले हाम्रो रणनीतिक उदेश्य पुर्ती गर्न को लागि कार्यनीतिक रुपमा निर्वाचन लाई उपयोग गरेको र यस्ले हाम्रो रणनीतिक उदेश्य लाई सहयोग पुराएको कुरा बताउनु भयो । समिक्षा कार्यक्रम लाइ सम्बोधन गर्दै प्रतिनिधि सभा उम्मेदवार गणेश आचार्य ले निर्वाचन को अनुभव सुनाउदै सम्पुर्ण मतदाता तथा पार्टी कार्यकर्ता समर्थन सुभचिन्तक सबैलाइ धन्यवाद दिनु भएको थियो । उहाले यो पुजीवादी चुनाब मा मुद्दाले होइन पैसा र पहुच ले चुनाब जित्ने हो । यो अबस्था रहदा सम्म मुलुकको समृद्धि र बिकास सम्भब छैन ।

भेलामा राजमो जिल्ला अध्यक्ष रेशम बि सि प्रदेश सभा उम्मेदवार खडानन्द खनाल टीका बि क राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार मनुकान्त आचार्य अखिल नेपाल किसान संघ जिल्ला अध्यक्ष मिनु सुवेदी अखिल नेपाल बुद्धिजीवी संघ जिल्ला अध्यक्ष चुनचुन के सि अखिल नेपाल राष्ट्रिय उधोग व्यापार संघ जिल्ला कोषाध्यक्ष हरि खरेल लगायत ले मनत्ब्य राख्नु भएको थियो । चन्द्र बहादुर रावत को स्वागत मनत्ब्य बाट सुरु भएको कार्यक्रम को संचालन मनिराम खनाल ले गर्नु भएको थियो ।