इन्द्रेणी संवाददाता
बुटवल, १३ पुस । एकीकृत माओवादीबाट केही समय पहिले छुटिएका नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले मुलुकमा प्रतिक्रान्तिको अध्याय शुरु भएको भन्दै आफ्नो पार्टी नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको बताएका छन् ।
बुटवलमा आज प्रदेश नं ५ को प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उनले सच्चा क्रान्तिकारीलाई गोलवद्ध गरेर प्रतिक्रान्ति रोक्ने समेत दावी गरे । नेत्रविक्रम चन्द विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पनि पार्टी एकताका लागि छलफल भइरहेको समेत उनले खुलासा गरे ।
मुलुकमा बनेका दुई वाम तथा लोकतान्त्रिक गठबन्धन जनताका लागि नभएर पश्चगामी संसदीय व्यवस्थालाई संरक्षण गर्न बनेको बैद्यको आरोप थियो ।











