काठमाडौँ, १३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सम्बन्धी अध्यादेशमा चाँडो सहमति जुटाउन प्रमुख दलहरुलाई आग्रह गरेकी छन् ।

prachanda-biddya बिहीबार बिहानमात्रै राष्ट्रपति भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शीतल निवासमा अध्यादेशबारे राष्ट्रपतिसँगको सवा घण्टा लामो छलफलमा प्रचण्डले अध्यादेशको विवाद लम्बिदै जाँदा नकारात्मक सन्देश जान सक्ने भन्दै छिटै सल्टयाउन आग्रह गरेका थिए । जवाफमा राष्ट्रपति भण्डारीले यो विवाद चाँडै टुंगियोस् भन्ने आफ्नो पनि चाहना रहेको बताउँदै दलहरुलाई संवादमार्फत यसवारे चाडै निश्कर्षमा पुग्न सुझाव दिएकी थिइन् ।

राष्ट्रपतिले विभिन्न प्रमुख दलका नेताहरुसँगको परामर्शलाई निरन्तरता दिदै सहमति नजुटे अध्यादेश प्रमाणिकरण गरेर अल्झिएको राजनीतिको गाँठो फुकाउन सक्रियता बढाएकी छन् । राष्ट्रपतिको पछिल्लो सक्रियतासँगै लामो समयदेखि राष्ट्रपति कार्यलयमा अड्किएको अध्यादेश प्रमाणिकरण हुने सम्भावना बढेको छ ।