इन्द्रेणी संवाददाता
रुकुम, १२ पुस । पूर्वी रुकुमको सिस्ने गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दुर्गम गाउँ सिस्नेगाउँपालिका वडा नम्बर २ प्वाङमा भएको उक्त शिविरमा जम्मा ४३१ जनाले स्वस्थ्य जाँच गराएका थिए ।

सिस्नेगाउँपालिकाको आयोजनामा एकीकृत घुम्ती सेवाअन्तर्गत भएको शिविरमा निःशुल्क रुपमा स्वास्थ्य चेकजाँच गराउन पाउदा स्थानीयहरुले खुशी व्यक्त गरेको गाउँपालिका वडा नं २ का अध्यक्ष जीवन केसीले बताए ।

शिविरमा विरामीहरुलाई औषधि पनि वितरण गरिएको थियो । केही जटिल समस्या भएका विरामीहरुलाई विभिन्न सल्लाह सुझाव दिनुका साथै परामर्श पनि स्वास्थ्यकर्मीहरुले दिएको स्वास्थ्य चौकी प्वाङका प्रमुख धनबहादुर केसीले जानकारी दिए ।










