काठमाडौं, १२ पुस । पार्टी एकतामा आशंका उत्पन्न भइसकेका वेला पाँचदिनदेखि गृहजिल्ला चितवन गएर बसेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु चितवनमा अलमलिएर नबसेको बताएका छन्।

pk-dahalप्रचण्डले एमाले अध्यक्ष केपी ओलीसंग छलफल गरेरै आफू चितवनमा बसेको बताए। एमालेसँग पार्टी एकताको प्रकृया अघि बढाउन छोडेर उनी चितवन बसेको भनेर हल्ला चलाइएको भन्दै प्रचण्डले आफुबाट कुनै अलमल नभएको बताए ।

चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन चितवन पुगेका प्रचण्डले कृषि अनुसन्धान केन्द्रले आयोजना गरेको एक कार्यक्रममा बोल्दै आफु र एमाले अध्यक्ष केपी ओलीबीच लगातार सल्लाह भइरहेको समेत बताए ।

आजै एउटापत्रिका आफुले अलमल गरिरहेको भन्ने समाचार छापिएको भन्दै उनले त्यस्ता हल्लाको पछि नलाग्न समेत आगैह गरे । ‘म ओलीजीसँग सल्लाह गरेरै बसेको छु। दुई/तीन दिन बसेर आउँदा नै ठीक हुन्छ भनेकाले बसेको छु अलमल गरेको होइन’, निर्वाचन आयोगले पनि सबै काम सक्न २/३ दिन लाग्ने भएकाले पनि हो। कोही भ्रममा नपरोस भनेर प्रष्ट गर्न चाहन्छु।’